ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।  

एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५० पुगेको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङ्गले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । उनले बैंकलाई ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताए । 

त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताए ।

वडाअध्यक्ष तुलबहादुर घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका ६, ७, ८ र ९ वडा तथा बेशीशहर नगरपालिकाका केही वडाका बासिन्दाहरु बैंकिङ्ग सेवाबाट लाभान्वित हुने कुरा बताए ।