एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा पनि सुधार

एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा पनि सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
चैत्र २० गते एकै दिनमा बैैक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन १४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा कर्जा लगानी भने १ अर्बले घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ९८ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप १४ अर्बले बढेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४३ खर्ब ४२ अर्ब पुगेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८४ प्रतिशतबाट घटेर ९०.५९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।