समृद्धि फाइनान्सको करिब साढे ९ लाख कित्ता हकप्रद लिलामीमा

समृद्धि फाइनान्सको करिब साढे ९ लाख कित्ता हकप्रद लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर लिलाम बिक्री खुला भएको छ ।

फाइनान्सले फागुन ८ गतेदेखि २९ गतेसम्म बिक्रीमा ल्याएको हकप्रदमध्ये अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो ।

बिक्री खुला भएको सेयरमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता रहेको छ ।

इच्छुक लगानीकर्ताले चैत २९ गतेदेखि २०७९ बैशाख ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा बोलि लगाई आवेदन दिनुपर्नेछ । संस्थापक सेयरमा न्यूनतम १००० कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

बोलपत्र फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट, बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय तथा काठमाण्डौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।