आइसिएफसि फाइनान्सको संस्थापक शेयर आजदेखि विक्रीमा

आइसिएफसि फाइनान्सको संस्थापक शेयर आजदेखि विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइसिएफसि फाइनान्स लिमिटेडको संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ ।

कम्पनीले एक सूचना जारी गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने तोकिएको छैन । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, टंगाल, काठमाडौंमा सम्पर्क राख्न भनेको छ ।

विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरीदको आवेदन नपरेमा भने नयाँ शेयरधनीलाई विक्री प्रकृया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।