नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज चैत २२ गते, मंगलबार, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २३ गते, बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपश्चात शेयर खरिद गरेका शेयरधनीहरुका लागि बोनसको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही प्रस्ताव पारित गर्न लघुवित्तले वैशाख १० गते तेह्रौँ वार्षिक साधारण सभा डाकेको छ । लघुवित्तको सो सभा केन्द्रिय कार्यालय, धुलिखेलमा दिउसो ३ बजे शुरु हुनेछ ।

सभाले लाभांश प्रस्तावका साथै एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।