वीरगंजमा शेयर बजारका लगानीकर्तालाई जनचेतनामुलक कार्यक्रम

वीरगंजमा शेयर बजारका लगानीकर्तालाई जनचेतनामुलक कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

शेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक यूवाहरुको लागि वीरगंजमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेश एवं नेपाली यूवा उद्यमी सञ्जाल वीरगंज च्याप्टरको सहकार्य तथा ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटिज प्रा.लिको आयोजनामा वीरगंजको होटल लर्डस दियालोमा उक्त कार्यक्रम भएको हो।

वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उदघाटन गरेको कार्यक्रममा वीरगंजका विभिन्न आधादर्जन कलेजका छात्रछात्राहरुको सहभागिता थियो।

शेयर बजारमा लगानी गर्न जान्नु पर्ने अधारभूत सीप तथा कुराहरु बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बेटा अनालिटिक्स काठमाडौंका विक्रम चित्रकार तथा सन्जीव घिमिरेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वीरगंजका मेयर सरावगीले शेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुको लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा संचेत भइ लगानी गर्न समेत बताए ।

कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले वीरगंजका यूवाहरुको लागि यस्तो कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गरे । उनले अबको दुई तिन वर्षमा सफल शेयर कारोबारीको रुपमा पहिचान हासिल गर्ने यूवालाई यस्तै कार्यक्रममा भविष्यमा सम्मानित पनि गर्ने उदघोष गरे ।

सिप्रवी सेक्यूरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा नेपाल धितो बोर्डकी निर्देशक प्रियंका रौनियार, वीरगंज कलेजका सञ्चालक विनोद गुप्तालगायतको सहभागिता थियो । कार्यक्रममा विपिसी,हरिखेतान,विआईटी,ग्लोबल विजनेश कलेज,वीरगंज कलेजका छात्रछात्राहरुको सहभागिता थियो ।