सनराइज बैंकको १ लाख ९५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

सनराइज बैंकको १ लाख ९५ हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकको १ लाख ९५ हजार ७५६ कित्ता संस्थापक शेयर आज (सोमवार) देखि विक्रीमा आएको छ । 

कम्पनीले एक सूचना जारी गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । 

बैंकले संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. १४५ का दरले विक्री गर्न ३५ दिने सूचना जारी गरेको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र के-कति मूल्यमा खरीद गर्ने हो खुलाई बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्नु पर्नेछ ।