युनाइटेड इन्स्योरेन्सले यो वर्ष पनि शेयरधनीलाई लाभांश नदिने

युनाइटेड इन्स्योरेन्सले यो वर्ष पनि शेयरधनीलाई लाभांश नदिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।

आइतवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट १० प्रतिशत लाभांश दिएको थियो । यसपछि शेयरधनीले लाभांश पाएका छैनन् ।