मेगा बैंकको १ लाख २९ हजार कित्ता संस्थापक शेयर विक्रीमा, अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने

मेगा बैंकको १ लाख २९ हजार कित्ता संस्थापक शेयर विक्रीमा, अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ । 

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको जानकारी बैंकले दिएको हो ।

बैंकले सोमवार सूचना जारी गरी शेयर खरीद गर्न इच्छुकहरुले आगामी ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंको शेयर शाखामा निवेदन दिन आग्रह गरेको छ ।