शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत २१ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

यसअनुसार इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको छ ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाइनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ ।