महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम गुल्मीको रेसुङ्गामा सम्पन्न

महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम गुल्मीको रेसुङ्गामा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र २० गते सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले युवाहरुमा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताए ।

कम्पनीका कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मी जिल्लामा बीमा सचेतना कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ लाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने जानकारी दिए ।

कम्पनीका मार्केटिङ मेनेजर यम लाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । बीमा समितिले बीमा सचेतना कार्यक्रम संचालनको लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको छ, सोही अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।