रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर नेप्सेमा सूचीकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज आइतवार नेप्सेमा दुई अलग-अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

यो दिन रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत भएको हो । रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६ दशमलव ५० कित्ता र नेपाल हाइड्रो डेभलोपरको २ लाख ९ हजार ३०० कित्ता बोनस शेयर शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेपाल हाइड्रो डेभलोपरले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी रिलायन्स फाइनान्स कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।