बीमा कम्पनीका सञ्चालक दुई कार्यकाल मात्र पदमा रहन पाउने

बीमा कम्पनीका सञ्चालक दुई कार्यकाल मात्र पदमा रहन पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा कम्पनीका सञ्चालकहरु लगातार दुई कार्यकाल भन्दा लामो समय बस्न नपाउने भएका छन् । बीमा समितिको सञ्चालक समितिको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्ने क्रममा यस्तो निर्णय गरेको हो ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्णका अनुसार संस्थापक समुह र सर्वसाधारण समुह जुन सुकैबाट प्रतिनिधित्व गर्नेलाई यस्तो व्यवस्था लागु हुनेछ । स्वतन्त्र सञ्चालकको हकमा पनि एक पटक स्वतन्त्र सञ्चालक हुने वित्तीकै एक पटक गणना हुने छ । यदि त्यो व्यक्ति सर्वसाधारण वा संस्थापक बाट आउन चाहेमा पनि जम्मा दुई पटक मात्रै पाउनेछ । स्वतन्त्र सञ्चालक स्वतन्त्र सञ्चालककै रुपमा भने एक कार्यकाल सञ्चालक हुन पाउने व्यवस्था छ ।

एउटै व्यक्ति पाएसम्म आजीवन नभएमा तीन चार कार्यकालसम्म सञ्चालक तथा अध्यक्ष पदमा रहने गरेका छन् । कतिपय कम्पनीमा एउटै व्यक्ति लामो समय सञ्चालक पदमा बस्ने र कम्पनीको आन्तरिक काम कारबाहीमा समेत हस्तक्षेप बढ्न थाले पछि बीमा समितिले यस्तो निर्णय गरेको हो ।