ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड नतिजा कसरी हेर्ने ?

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड नतिजा कसरी हेर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) चैत्र २० गते आइतबार बिहान बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकै कार्यालय नयाँ बानेश्वरमा बाँडफाँड भएको हो ।

धितोपत्र निष्कशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा गोलाप्रथाद्वारा भाग्यमानी २ लाख ८७ हजार ५०० जना लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ता सेयर हात पारेका छन् ।

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

कम्पनीको बिक्री प्रबकन्धक लक्ष्मी क्यापिटलका अनुसार आईपीओ बाँडफाँड नतिजा  केही समयपछि डेटा अपलोडपछि निम्न माध्यमबाट हेर्न सकिन्छ ।

१. सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको आईपीओ नतिजा हेर्ने पोर्टल

२. निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडको वेवसाइट

३. निष्काशनकर्ता कम्पनी ग्रीन भेन्चर्स लिमिटेडको वेवसाइट

४. मेरो सेयरको आईपीओ एप्लिकेसन रिपोर्ट

कम्पनीले चैत्र ८ गते मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । आईपीओमा कुल २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।