एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर हितग्राही खातामा

एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर हितग्राही खातामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १२ प्रतिशत बोनस शेयर शेयरधनीहरुको बैंक खातामा पठाएको छ ।

बैंकले भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो बोनस शेयर पठाएको हो ।

असोज १६ गते सम्पन्न बैंकको १५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सो शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ। बैंकले जनाएको छ ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ ।

बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।