साल्ट ट्रेडिङको नाफामा पहिरोः खुद नाफा ५० प्रतिशत घट्यो

साल्ट ट्रेडिङको नाफामा पहिरोः खुद नाफा ५० प्रतिशत घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको खुद नाफामा करिब ५० प्रतिशतको उच्च गिरावट आएको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा अघिल्लो आवको यसै अवधिको तुलनामा ४९.४९ प्रतिशत घटेको हो । दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ४० प्रतिशत बढी घटेपछि त्यसको प्रतक्ष्य असर नाफामा परेको हो ।

निर्धारित समयभन्दा २ महिना ढिलो गरी सार्वजनिक भएको वित्तीय विवरण अनुसार साल्ट ट्रेडिङले चालू आवको दोस्रो त्रैमाससम्म १ करोड २७ लाख ७९ लाख ७११ रुपैयाँ नाफा कमाएको हो । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ५२ लाख ९९ हजार ३७९ रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ५१ करोड १२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ८९ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ४०.४० प्रतिशत घटेको हो ।

शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँ पुगेको छ । आव २०७६/७७ वर्षको नाफाबाट वितरण गरेको २० प्रतिशत बोनस वितरणपछि उक्त पूँजी कायम भएको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब ३१ करोड ८७ लाख १६ हजार रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ३१ करोड ४७ लाख १९ हजार थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११.०९ रुपैयाँ, प्रतिसेयर सेयर नेटवर्थ ४५५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२०.४१ गुणा छ ।

कम्पनीले गत आव २०७७/७८ सम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले चैत ३० गते सोल्टी होटलमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।