मेगा बैंकको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

मेगा बैंकको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले विभिन्न संस्थापकहरुको नाममा रहेको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले १० संस्थापक शेयरधनीहरुको कुल १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सो संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनेभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

उक्त अवधिमा आवेदन नपरेमा गैर संस्थापक शेयरधनीहरुलाई सो संस्थापक शेयर बिक्री गरिने बैंकले जनाएको छ ।