एनआईसी एशिया बैंकको साधारण सभा आइतवार हुदै, शेयरधनीलाई छैन लाभांश

एनआईसी एशिया बैंकको साधारण सभा आइतवार हुदै, शेयरधनीलाई छैन लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा चैत २० गते हुने भएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

यस बर्ष कम्पनीका शेयरधनीले यस वर्ष लाभांश भने पाउने छैनन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी  नेपाल राष्ट्र बैंकसँग स्वीकृती मागेको थियो । तर बैंकले उच्च कर्जा बिस्तार गरेका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि कम्पनीको लाभांश रद्ध भएको हो ।

सभाले संस्थापक शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण शेयधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने ,कम्पनीको प्रबन्धपत्र र निमावलीमा संशोधन गर्ने,स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने, आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ८ गते देखि २० गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे शुरु हुने जानकारी गराएको हो ।