स्वाभिमान लघुवित्तद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले पुस ८ गते सम्पन्न पाँचौं साधारण सभाबाट पारित ३२ दशमलव ३० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले मंसिर २२ गतेसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस चैत १५ गतेदेखि शेयर जम्मा गरिदिएको हो । 

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।