प्राइम लाइफ इन्स्योरेन्सको १५% बोनस सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले गत मंसिर १९ सम्पन्न १४औं साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्र अभौतिक नगर्ने शेयरधनीको हकमा आफूसँग भएको शेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भए पश्चात सम्बन्धित शेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गर्ने कम्पनीे बताएको छ ।

डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नक्साल वा आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोली आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।