ग्लोबल आइएमई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

लघुवित्तको १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।