बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त–द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज दिल्ली स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरुग्राम (गुरगाउँ), लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट तेह्र लाख पचास हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
प्रतिक्रिया