समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर चैत १६ गते बाँडफाँड भएको छ । कम्पनीले पुस ८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन ८ गतेदेखि २९ गतेसम्म प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।

कम्पनीले निष्काशन गरेको उक्त शेयरमध्ये रितपूर्वक आवेदन दिने आवेदकलाई हक बमोजिम १७ लाख ८९ हजार २३९ कित्ता शेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम चैत २० गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने जनाको छ ।

कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।