प्रभु लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स लि. को यहि मिति २०७८/१२/१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

यस अघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले मिति २०७८/१२/१६ गते देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजिनामा दिएका थिए । २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।