नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयरमा आवेदन दिने बिहिवार अन्तिम दिन

नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयरमा आवेदन दिने बिहिवार अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर मा आवेदन दिने अन्तिम दिन भोलि बिहिवारसम्म रहेको छ ।  कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर चैत १० गते देखि लिलामीमा विक्री खुला गरेको हो ।  

उक्त शेयर खरीद गर्न इच्छुक जो कोही ब्याक्ति संस्था वा कम्पनीहरुले भोलि बिहिवार अपरान्ह ३ बजे सम्म  आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. एक सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत शेयर सख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।