नेप्सेमा नेशनल माइक्रोफाइनान्सको १६ लाख ७६ हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको १६ लाख ७६ हजार कित्ता बोनस सेयर सूचिकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस बापतको १६ लाख ७६ हजार २ सय १४ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको हो ।

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ६ गते सम्पन्न भएको ८ औँँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९कर समेत गरी० कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।