सानिमा बैंकद्वारा गोकर्णेश्वरमा वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकद्वारा गोकर्णेश्वरमा वित्तीय साक्षरता कार्यक्रम


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक गोकर्णेश्वर कार्यालयद्वारा चैत १२ गते 'ग्लोबल मनि विक २०२२' अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैंकको गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

शान्ति फाउन्डेसन गैर सरकारी संस्था हो जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता थियो ।

कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो ।
शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती संझा माया तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद दिइन् ।

सानिमा बैंकले यसै गरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ ।