एनएलजी इन्स्योरेन्सको १६ औं साधारण सभा भोली, १० प्रतिशत बोनस लाभांश प्रस्ताव पारित गर्ने

एनएलजी इन्स्योरेन्सको १६ औं साधारण सभा भोली, १० प्रतिशत बोनस लाभांश प्रस्ताव पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीले १६ औं वार्षिक साधारण सभा बिहीवार गर्ने भएको छ ।

कम्पनीले सभा अम्रपाली व्याक्वेंट, थिरबम सडक बालुवाटारमा बिहान १०:३० बजे हुने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यस आधारमा चैत २ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।