तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन हो ।

यी तीन ओटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवारदेखि बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा हुने जानकारी दिएको छ । 

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा हुने जानकारी दिएको छ ।

त्यस्तै, आरम्भ चौतारी लघुवित्तले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ । 

कम्पनीले सभा बनेपा पार्टी भेन्यू, बनेपा-८, काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ ।