नेप्सेको ओरालो यात्रा कायमै, आज पनि कारोबार रकमसँगै दोहोरो अंकले घट्यो नेप्से

नेप्सेको ओरालो यात्रा कायमै, आज पनि कारोबार रकमसँगै दोहोरो अंकले घट्यो नेप्से


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.२६ अंकले घटेर २ हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको हो । सोमबार नेप्से २९.९८ अंकले घटेर २ हजार ५ सय ४२ दशमलब २८ विन्दुमा रोकिएको थियो ।  

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।    

आज कारोबार भएका कम्पनीमध्ये ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०९०.६० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१२.३० रुपैयाँ र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८७२.६० रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।