ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट आज हुँदै, बाँडफाँड कहिले 

ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट आज हुँदै, बाँडफाँड कहिले 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को प्रि –अलटमेन्ट आज हुँदैछ ।

उक्त साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट आज (चैत्र १५ गते, मंगलबार) निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यालयमा हुने भएको हो । प्रि अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड यसै साताभित्र सम्पन्न गरिने पनि क्यापिटलले अर्थ संसार डटकमलाई जानकारी दिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।