बैंकिङ्ग समाचार, काठमाडौं ।
मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो । कम्पनीले चैत ११ गते ४० प्रतिशत बोनस शेयर बापतको ३८ लाख ६१ हजार ५७९ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो ।
कम्पनीले गत पुस २९ गते सम्पन्न १४ वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।
पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले बताएको छ । यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई उक्त बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया