सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले बुक क्लोजको अघिल्लो दिन मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो । 

गत पुस ३ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर वापतको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा चैत १३ गते सूचीकृत गराईसकेको छ । 

कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ६३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । यसर्थ सम्बन्धीत शेयरधनीहरुले बोनस वापतको कर तिर्नुपर्ने छैन ।