नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम घटेसँगै दोहोरो अंकले घट्यो नेप्से

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम घटेसँगै दोहोरो अंकले घट्यो नेप्से


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.९८ अंकले घटेर २ हजार ५ सय ४२ दशमलब २८ विन्दुमा रोकिएको हो । आइतबार नेप्से ४१.४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलब २३ विन्दुमा रोकिएको थियो । 

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९९१.५० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९२०.३० रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवत्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।