सानिमा बैंकका ग्राहकलाई र्‍याडिसन, एभरेष्ट, अकामा र अलफ्ट होटेलमा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई र्‍याडिसन, एभरेष्ट, अकामा र अलफ्ट होटेलमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इ-बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट काठमाडौं ठमेलमा १५% छुट  पाउनेछन् ।

यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार क्रेडिट कार्ड लागि बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।