एभरेष्ट बैंकका तीन नयाँ शाखा सञ्चालन

एभरेष्ट बैंकका तीन नयाँ शाखा सञ्चालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि काठमाण्डाैं को जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखाहरु १३ चैत्र, २०७८ मा उद्घाटन गरेको छ ।

जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र काठमाण्डाैं महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरेका छन् ।

साथै, जरङखु शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक डा. बाल गोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल र आशुतोष शर्मा, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिगले तीन वटै स्थानका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेका छन् ।