नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर हिजो आइतबार सूचीकृत भई आजबाट कारोबार सुरु भएको छ । संस्थाको २५ लाख ५० हजार कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको थियो ।

संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको ८ लाख २८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख २१ हजार २५० कित्ता गरी कुल २५ लाख ५० हजमर कित्ता बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम २६० रुपैयाँ ८४ पैसादेखि ७८२ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । उक्त कारोबार रेन्जमा रहेर आज सोमबारदेखि लघुवित्तको शेयर कारोबार सुरु भएको छ । त्यस आधारमा कम्पनीको प्रतिकित्ता रू. ७४७ दशलमव ७० मा पहिलो कारोबार भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले एनईएसडिओ (NESDO) कारोबार संकेत प्रदान गरेको छ ।