अपि पावरको शेयरमूल्य समायोजन

अपि पावरको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (सोमवार) बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयरको समायोजन गरी मूल्य रू. ३६३ दशमलव २७ तोकेको छ । 

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४६६  दशमलव ९० मा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यको आधारमा सोमवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।

कम्पनीले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो ।

चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । हकप्रद निष्कासन पछि उक्त पूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ दशमलव ७५ पुग्नेछ ।