साल्ट ट्रेडिङ्गको १० प्रतिशत बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ्गको १० प्रतिशत बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अर्थात चैत १४ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली चैत १५ गते बुकक्लोज गर्नेछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

साल्ट ट्रेडिङ्गले लाभांश पारित गर्न चैत ३० गते बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीले वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने र सञ्चालन नियुक्ती अनुमोदन समेत गर्नेछ ।