सेन्चुरी कमर्शियल बैंकको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारण शेयरमा परिणत

सेन्चुरी कमर्शियल बैंकको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारण शेयरमा परिणत


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेन्चुरी कमर्शियल बैंकको झन्डै २३ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ९७ हजार ६ सय ८३ दशमलव ८८ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो । 

शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारण सभाले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।

कम्पनीको पुस ३० गते सम्पन्न साधारण सभाले 'संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने बैंकको संचालक समितिको मिति २०७८/०२/२४ गते बसेको ३४० औं बैंठकको निर्णयलाई अनुमोदन गर्ने ।' प्रस्ताव पारित गरेको थियो ।