नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान गर्यो

नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान गर्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ ।

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको सविस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको बैंकले जनाएको छ ।

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उदेश्यले यो कार्यको आरम्भ गरिएको हो ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।

बैंकले नियमित बैंकिङ गतिविधि अन्तर्गत पनि दीगो विकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ । यसै वर्ष देखि शुरु गरेको नबिल दीगो बैंकिङ अन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएकोछ ।