नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन तथा लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

नयाँ सारथी लघुवित्तले एफपीओ निष्कासन तथा लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख १० गते साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको प्रधान कार्यालय काभ्रेको धुलिखेलमाा अपरान्ह ३ बजे शुरु हुने छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस आधारमा चैत २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साथै सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।