महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर


बैंकिङ्ग समाचार, काठमाडौं ।
धरान उप.म.न.पा १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ । सो एक्सटेन्सन काउन्टरको विधिवत उद्घाटन नेपाल बैंक लि. संचालक समिति सदस्य डा. सावित्रि रंजित श्रेष्ठ र महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा गरेका थिए । 

उक्त कार्यक्रममा संचालक समिति सदस्य डा. श्रेष्ठले वि.स. १९९४ मा स्थापित देशकै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवादिने क्रममा यस क्याम्पसमा बैंकिङ्ग सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवा भावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरिय सेवाप्रवाहका साथ समयसगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरि थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद ब्यक्त गरेका थिए ।

यसैगरि क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ्ग ईतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा संचालन हुन गएकोमा सहर्ष धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायतबैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भईरहेको सन्दर्भ उल्लेख गरे  ।

सो कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रवन्धकलगायतका बैंक कर्मचारीहरु तथा क्याम्पसका तर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।