सूर्या लाइफको शेयर संरचना परिमार्जन, संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

सूर्या लाइफको शेयर संरचना परिमार्जन, संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन गरेको छ ।

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ प्रतिशत अर्थात २२ लाख ९५ हजार २५४ कित्ता शेयर सर्वसाधारण शेयरमा परिमार्जन गरेको हो ।

कम्पनीमा हाल संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको थियो । यसलाई संशोधन गरेर कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गरेको हो ।