ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा शनिवार हुँदै

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रीन डेभलपमेन्ट बैंकले नवौं वार्षिक साधारण सभा भोली (शनिवार) गर्ने भएको छ । 

सभा होटल बाराही पोखरामा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो । सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत २ गते बन्द गरिसकेको छ । यस आधारमा चैत १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।