एभरेष्ट बैंक र एनबिआईबीच “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम” मा सहकार्य गर्ने सम्झौता

एभरेष्ट बैंक र एनबिआईबीच “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम” मा सहकार्य गर्ने सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई)सँग एभरेष्ट बैंकले “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम” सफ्टवेयर लिने सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार एनबिआईले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउने छ ।

यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरिक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्ने बैंकले जनाएको छ । यो सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ ।

यो सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङ्गले एनबिआइले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरि सहयोग गर्ने विश्वास व्यक्त गरे ।