पोखरा फाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

पोखरा फाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
पोखरा फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङमा सचीकृत तथा दर्ता भई कारोबार योग्य भएको समेत बताएको छ ।  

कम्पनीले गत पुस ३० गते सम्पन्न २५औं साधारण सभाबाट पारित ८ दशमलव ०७५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने बताएको छ । 

तसर्थ हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल, कमलादी तथा आफूलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालयमार्फत् हितग्राही खाता खोली शेयर अभौतिकीकरण गरेर बोनस प्राप्त गर्न भनेको छ ।