धौलागिरी लघुवित्तले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

कम्पनीले रू. ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ विक्रीको लागि फागुन २३ गते बोर्डमा निवेदन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सनराइज क्यापिटल लिमिटेडले पाएको छ । 

कम्पनीले सर्वसाधारणका लागि यो आईपीओ विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ ।