सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा


बैंकिङ्ग समाचार, काठमाडौं । 
सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंकको नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका छन् । 

उद्घाटन कार्यक्रममा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

बैंकको १२५ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।