नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच डिजिटल इकोसिस्टम बिस्तारको लागि सम्झौता

नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच डिजिटल इकोसिस्टम बिस्तारको लागि सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुशनका सीएसओ प्रताप श्रेष्ठ, र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ, गरिमा विकास बैंकका प्रमुख कार्यकारी आधिकृत गोविन्द प्रसाद ढकाल, र आइटी प्रमुख कमल प्रसाद अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन । नेपाल पेमेन्ट सोलुशनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो । जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।